काठ लिलाम बिक्रीबाट ७४ लाख राजश्व

पुस २, झापा । एक दशकदेखि डिभिजन वन कार्यालय झापाको परिसरमा रहेको चोरी तस्करीमा समातिएका तथा बेवारिसे अवस्थामा बरामद गरिएका काठ लिलाम बिक्री गरिएको छ ।

वन मुद्दामा बरामद गरिएका र पुराना काठ बिक्रीबाट कार्यालयले रु ७४ लाख राजश्व प्राप्त गरेको डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बताए । उनका अनुसार साल जातको काठ दुई हजार ८९० घनफिट र अन्यजातको ६१६ घनफिट गरी तीन हजार ५०६ घनफिट काठ लिलाम बिक्री भएको थियो । उहाँले सरकारले तीन ग्रेडमा राजश्व मूल्य तोकेको बताउँदै सोहीअनुरुप नै लिलाम बिक्री गरिएको जानकारी दिए । उनका अनुसार सुखवा ए, बी र सी ग्रेडको प्रतिघनफिट रु एक हजार, रु ७०० र रु ५०० मूल्य निर्धारण गरिएको थियो ।

गत कात्तिकमा पत्रपत्रिकामा बोलपत्र आह्वानको सूचना निकाली कार्यालयमा परेको निवेदनका आधारमा सबैभन्दा बढी डाक बढाबढ गर्नेलाई काठ लिलाम बिक्री गरिएको प्रमुख घिमिरेले बताए काठसँगै बरामद गरिएका सवारी साधन पनि कार्यालयमा वर्षौँदेखि थुप्रिएका र काम नलाग्ने अवस्थामा पुगेकाले चाँडै प्रक्रिया पूरा गरेर लिलामी गर्ने तयारी भइरहेको उनले बताए । रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.