सनम र नताशा अभिनित “पहिले कतै” सार्वजनिक (भिडियो )

पुस २, काठमाडौँ । अमेरिका बसेर आफ्नो बेस्त दैनिकीका वावजुद पनि नेपाली गीत संगीतलाई मनै देखि माया गर्ने नव गायक बाल कृष्ण न्यौपानेले आफ्नो दोस्रो गीत “पहिले कतै” सार्वजनिक गरेका छन।

एल्बम “प्रसंशा” भित्र संग्रहित गीत “ पहिले कतै” मा स्वर , शब्द र संगीत स्वयम गायक बाल कृष्ण न्यौपानेको रहेको छ । गीतको संगीत संयोजन फडिन्द्र राईले गरेका हुन्।नेपाली गीत संगीत क्षेत्रमा भर्खरै आफ्नो पाइला टेक्दै गरेका गायक न्यौपाने गीत रचना , संगीत मार्फत निरन्तर अघि बढिरहने बताउछन ।

प्रेम भावको बोकेको म्युजिक भिडियोमा मोडेल सनम कठायत र नताशा ब्लोन फ़िचर्ड छन । मुकेश हुमागाईले खिचेको भिडियोलाई बिनोद बमले सम्पादन गरेका हुन । एवेरेस्ट ग्यालरी क्रुको निर्माणमा भिडियो तयार भएको हो । गायक बाल कृष्ण न्यौपानेको अफ़िसिएल च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको छ । यस गीतबाट गायक न्यौपानेले स्रोता, दर्शक र मिडिया हाउसको सकारात्मक प्रतिक्रिया अपेक्षा राखेका छन ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.