खेल सप्ताहमा ३४ विद्यालयको सहभागिता

पुस १, काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल ९एन प्याब्सन० काठमाडौंले ‘खेलकुद सप्ताह २०७६’ आयोजना गरेको छ ।

काठमाडौंको टुडिखेलमा सोमबारदेखि सुरु खेलकुद सप्ताहमा विभिन्न ३४ वटा निजी विद्यालयका विद्यार्थीको सहभागिता रहेको छ । नेसनल प्याब्सनका अध्यक्ष विष्णु पराजुलीले खेलकुदलाई शिक्षाको महत्त्वपूर्ण अंगका रूपमा लिइएकाले नेसनल प्याब्सनले लामो समयदेखि हरेक वर्ष खेलकुद कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

उनले खेलका हरेक विधामा विद्यार्थीहरूले आफ्नो रुचिअनुसार सहभागिता जनाउन सक्ने र त्यसमा नेसनल प्याब्सनको सहयोग सधैँ रहने उनले बताए । उनले खेलकुदबिना अबको शिक्षा पूर्ण नहुने भन्दै त्यसका लागि नेसनल प्याब्सनले खेलकुद सप्ताह अयोजना गरेको बताए । ‘खेलुकद सप्ताह २०७६’ एक साता सम्म सञ्चालन हुने एन प्याब्सनले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.