तारकेश्वरमा एक महिलामाथि सामुहिक बलात्कार

मंसिर ३०, काठमाडौ‍ं । काठमाडौंको तारकेश्वरमा एक महिलामाथि बलात्कार भएको छ।

३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । तारकेश्वर नगरपालिका–४ पुरानो गुहेश्वरी बस्ने ३९ वर्षीय रोम राज पुतुवार र ४९ वर्षीय लाले तामाङलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो।

उनीहरूले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.