कलाकार दीपक क्षेत्रीकाे निधन

मंसिर २८, काठमाडौं । वरिष्ठ कलाकार दिपक क्षेत्रीको निधन भएको छ । ५८ वर्षको उमेरमा उनको निधन भएको हो । शनिबार डिल्लीबजारस्थित आफ्नै निवासमा उनको निधन भएको हो ।

दिउँसोसम्म पनि कोठाको ढोका नखोलेपछि प्रहरीले करिब २ बजे ढोका फोरेर हेर्दा क्षेत्री मृत अवस्थामा भेटिएको नेपाल फिल्म टेक्निसियन एशोसियसनका अध्यक्ष पुष्कर लामाले बताए । क्षेत्रीको शव आज टिचिङ अस्पतालमा राखिएको छ । पोष्टमार्टमका लागि त्यहाँ राखिएको हो । क्षेत्रीकी श्रीमती मलेसियामा रहेको कारण उनी भोलि नेपाल फर्केपछि मात्रै अन्तिम संस्कार गरिने बताइएको छ । उनले सिमाना, मसान,राज्जा रानी ,बुलबुललगायतका चलचित्रमा काम गरेका छन्

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.