आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छ

मंसिर २८, काठमाडौँ ।  केहि दिन यता भूमध्य सागरको वायुको प्रभावले देशभरि नै ठन्डी बढेको छ। धेरै जसो ठाउँमा वर्षा भयो भने केहि हिमाली जिल्ला र पहाडी भेगमा समेत हिमपात भएको छ । अहिले दिउसो घाम लागेपनि पूर्णरुपमा मौसम सफा भने भएको छैन ।

आज देशका मध्य र पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी भूभागमा सामान्य बदली रहनेछ । देशका मध्य र पूर्वी भूभागका केही स्थानहरुमा हल्का वर्षा हुने संभावना छ। उच्च पहाडीसहित हिमाली भूभागहरुमा हल्कादेखि मध्यम हिमपात हुने संभावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज जनाएको छ।

मंसीर २९ गते

देशको पश्चिमी भूभागमा सामान्य बदली र मध्य तथा पूर्वका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी स्थानहरुमा हल्का वर्षा हुने संभावना छ । हिमाली भूभागहरुमा हल्कादेखि मध्यम हिमपात हुने संभावना छ।

मंसीर ३० गते

दिउँसो देशका केहि पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अधिकांश भूभागमा मौसम सामान्यतया सफा रहने पनि मौसम पूर्वानुमान महाशाखाको मौसम बुलेटिनमा उल्लेख गरिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.