भारतको नागरिकता संशोधन विधेयक विभेदकारी : राष्ट्र संघ

मंसिर २८, जेनेभा । संयुक्त राष्ट्र संघको मानवअधिकारसम्बन्धी उच्च आयुक्तको कार्यालये भारतको नागरिकता संशोध विधेयक २०१९ विभेदकारी रहेको जनाएको छ ।

जेनेभास्थित संयुक्त राष्ट्र संघका मानवअधिकार उच्च आयुक्तको कार्यालयका प्रवक्ता जेरेमी लरेन्सले शुक्रबार प्रेस ब्रिफिङ जारी गर्दै भारतको नागरिकता संशोधन विधेयक २०१९ प्रति ध्यानाकर्षण भएको जनाएको छ । राष्ट्रसंघद्वारा जारी बिफ्रिङमा भनिएको छ, ‘उक्त विधेयकको प्रकृति हेर्दा आधारभूतरुपमा विभेदकारी देखिन्छ । उक्त संशोधित विधेयका धार्मिक अल्पसंख्यक – विशेषगरी अफगानिस्तान, बंगलादेश र पाकिस्तानबाट सन् २०१४ अघि आएर बसोबास गरेका हिन्दु, शिख, जैन, पारसी र क्रश्चियन नागरिकलाई भारतीय नागरिकता उपलब्ध गराउने बताएको छ । तर, उक्त विधेयक धार्मिक अल्पसंख्यककै रुपमा रहेका मुस्लिमहरुलाई उक्त विधेयकमा समेटिएको छैन ।’

उक्त संशोधित विधेयकले भारतको संविधानविपरीत र नागरिक र राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध र जातीय विभेद अन्त्य गर्नेसम्बन्धी अनुबन्धको उल्लंघन गरेको जनाएको छ । राष्ट्रियताको विषयमा भारतले अहिले ल्याएको नागरिकता संशोधन विधेयकले विभेदपूर्ण व्यवहार गरेको जनाएको छ । भारतमा नागरिकता विधेयको विरोधमा हिंसात्मक झडप तथा भोक हड्ताल भइरहेका छन् । विभिन्न मुलुकहरुले भारतको उत्तरपूर्वी क्षेत्रको भ्रमण नगर्न आफ्ना नागरिकलाई सचेत गराएका छन् । संयुक्त राष्ट्र संघले शान्तिपूर्ण भेला हुन पाउने नागरिकको अधिकारलाई सुरक्षित गराउन पनि भारतको ध्यानाकर्षण गराएको छ । भारतको दुबै सदनबाट पारित उक्त विधेयकलाई राष्ट्रपति रामनाथ कोविन्दलेसमेत मन्जुरी दिइसकेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.