चाबहिल–साँखु सडकको निरिक्षण, समयमै काम नसके दन्डित गर्ने चेतावनी

मंसिर २६, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं काठमाडौं क्षेत्र नम्बर–२ का सांसद माधवकुमार नेपालले चाबहिल–साँखु सडकखन्डको काम पाँच महिनाभित्र सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् ।

चाबहिल–साँखु सडकको बिहीबार निरीक्षण गर्दै उनले विस्तारित सडकको काम पाँच महिनाभित्र सम्पन्न गर्नुपर्ने बताएका हुन् ।
विस्तारित सडकको काम चित्तबुझ्दो नभएको भन्दै नेता नेपालले खाल्डाखुल्डी पुर्न र गुणस्तरीय पिच गर्नुपर्ने बताए ।

सत्तारुढ दल नेकपाका नेतासमेत रहेका उनले कानुनी र आर्थिक समस्या भए आफूले सामधान गर्ने भन्दै अन्य समस्या देखाएर काममा ढिलासुस्ती गर्ने छुट कसैलाई नभएको स्पस्ट पारे । बिजुलीका पोल हटाउन, वनसँग जोडिएका समस्या समाधान गर्न स्थानीय जनप्रतिनिधिलाई निर्देशन दिँदै उनले काममा गति नदिए दन्डित गर्ने चेतावनी दिए ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ्सहित नेता नेपाल सडक निरीक्षणमा गएका थिए । चाबहिल–साँखु सडक निर्माणमा मुआब्जा नपाएको भन्दै स्थानीयले सडक विस्तारको विरोध गर्दै आएका छन् । सर्वोच्च अदालतले पीडितलाई मुआब्जा दिएर सडक विस्तार गर्न आदेश दिएपनि कार्यान्वयनमा आउन नसक्दा स्थानीयले विरोध गरेका हुन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.