३८ जना सैनिक रहेको चिलीको जहाज बेपत्ता

मंसिर २४, चिली । चिलीका सैनिक बोकेको एक जहाज अन्टार्कटिका जाने क्रममा बेपत्ता भएको चिलीको एयर फोर्सले आज वक्तव्य जारी गरी जनाएको छ । सो जहाजमा ३८ जना मानिस थिए । सी–१३० हर्कुलस ट्रान्सपोर्ट एयरक्राफ्ट नामको सो जहाज दक्षिणी शहर पुन्टा एरिनाजबाट करिब ६ बजे उड्नासाथै हराएको थियो ।

जहाजमा १७ जना क्रु मेम्बर र २१ जना यात्रु रहेका थिए । उनीहरु लजिस्टिक सपोर्टका लागि उडानमा रहेको बताइएको छ । चिलीको एयर फोर्सले खोज र उद्धारको कार्यलाई तीव्र बनाइएको जनाएको छ । (बीबीसी)

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.