इतिहासकै सफल वर्ष ०७५/०७६ – अख्तियार

big bite restro

मंसिर २३, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७५÷०७६ आयोगको इतिहासमा सबैभन्दा सफल वर्ष भएको बताएको छ ।

अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसका अवशरमा आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त नविन कुमार घिमिरेले यस्तो बताएका हुन् । आयोगको २९ वर्षे इतिहासमा गतवर्ष सबैभन्दा बढी मुद्धा दर्ता भएको उनले बताए ।

आर्थिक वर्ष २०७५÷०७६ मा ३५१ वटा मुद्धा दार्ता भएको र अदालतको फैसला समेत अध्ययन गर्दा ८८ प्रतिशतभन्दा बढीमा सफलता मिलेको उनले बताए । चालु आर्थिक वर्षमा मात्रै ११२ दिन कार्यालय खुलेकोमा १७० मुद्धा दर्ता भएको उनले बताए । देश संघिय संरचना गएपछि अख्तियारको संरचनामा पनि परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याउदै उनले अहिले १५ सय भन्दाबढी विषयहरु अध्ययनको क्रममा रहेको बताए । अबको अनुसन्धान कार्यालय प्रमुखमाथि पनि केन्द्रीत हुने उनले बताए।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मीले भ्रष्टाचारमा नेपालको अवस्था चिन्ताजनक भएको बताए । कुल १ सय पूर्णाङ्कमा ३१ अंक प्राप्त गरेको नेपाल विश्वमा धेरै भ्रष्टाचार हुने मुलुकको सूचीमा रहेको उनले बताए– ‘५० भन्दा कम अंक ल्याउने मुलुकमा धेरै भ्रष्टाचार हुन्छ भन्ने देखाउँछ । नेपाल त्यो भन्दा पनि धेरै तल छ । विगत वर्षभन्दा पनि यो वर्ष अझ भ्रष्टाचार बढेको छ ।’ आयोगले स्थानीय तहहर”को उजुरीको प्रतिशत बढिरहेको जनाएको छ । भ्रष्टाचारविरुद्ध सबैलाई हातेमालो गर्न आयोगले सबैमा अनुरोध गरेको छ ।

सम्बन्धित समाचार