कर्मचारी समायोजनमा सात हजारको गुनासो

मंसिर २३, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्यमा कर्मचारीको समायोजन विषयमा सात हजार कर्मचारीले गुनासो पठाएको जानकारी दिएका छन् ।

सोमबार मन्त्रालयमा प्रत्रकारसँग भएको अन्तक्रियामा मन्त्री ढकालले सात हजारको समायोजनमा विषयमा गुनासो आएको बताए । “कर्मचारी समायोजन जुन ढगंले हुनुपर्ने त्यो ढंगले नहुँदा अहिले सातहजारको समायोजन प्रतिगुनासो आएको छ,” मन्त्री ढकालले भने “कतिपयको पद चिन्ह नमिलेको गुनासो छ,भने बिरामी बेहोस बनाउने तालिम लिएका कर्मचारी स्थानीय तहमा फाइल बोक्ने काममा सरुवा गरिएको छ । जसले गर्दा कर्मचारीहरुको असन्तुष्टि रहेको छ ।”

उनले मन्त्रालयको तर्फबाट कसरी समायोजन गर्ने भनेर हिजो समायोजन शाखा, सचिवलगायतसँग छलफल भएको बताए । यसअघि एक तहमाथि रहेका कर्मचारहरु समायोजनमा एक तल घटुवा भएका कर्मचारीहरुको समस्या मन्त्रिपरिषद्को लगेर एक हजार पाँच सयदेखि दुई हजारको लग्ने तयारी भएको छ । गुनासो व्यवस्थापन गरेको र एक हजारको गुनासो व्यवस्थापनको क्रममा रहेको पनि उनले जानकारी दिए ।

“हिमाली जिल्लाहरुमा खाली भएका दरबन्दीमा केही चिकित्सक र कर्मचारीले त्यहाँ गएर काम गरी पाउँ भनेर माग समेत गरेका छन् त्यस्तालाई प्रोत्साहन सहित पठाउँने तयारी भएको छ”,उनले भने । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मात्र कर्मचारी समायोजन गर्न पाएको भए अहिलेसम्म समस्या आउन नसक्ने बताउँदै समायोजनको जिम्मा अर्कैको भएकाले पनि ढिलो भएको टिप्पणी गरे ।

सम्बन्धित समाचार