सिमा अतिक्रमणबारे माधव नेपाल र भारतीय राजदूतबीच छलफल

big bite restro

मंसिर २३, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपाल र भारतीय राजदूत मञ्जीव सिंह पुरीबीच भेट वार्ता भएको छ ।

सोमबार नेता नेपाल र भारतीय राजदूत पूरीबीच कालापानी र लिम्पीयाधुराको सिमा अतिक्रमणका विषयमा छलफल भएको छ । नेता नेपाललाई भेट्न पुरी कोटेश्वरस्थित नेपाल निवास पुगेका थिए । विदेश मामला विभाग प्रमुख समेत रहेको नेता नेपाललाई सीमा अतिक्रमणका विषयमा छलफल गर्नाका लागि प्रधानमन्त्री ओलीले दूतको रुपमा नियुक्त गरेका छन । भारतीय प्रधानमन्त्रीले यस अघि माधव नेपाललाई भेटघाटको कार्यक्रम समय नदिएको भन्दै नेता माधव नेपालको भ्रमण स्थगित भएको जनाएका थिए ।

सम्बन्धित समाचार