मंसिर २३, काठमाडौँ । नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद (साग)को बक्सिङ्ग विधातर्फ २० वर्षपछि स्वर्ण पदक जितेको छ ।
बक्सर मीनु गुरुङ्गले भारतीय बक्सरलाई पराजित गरेर स्वर्ण पदक जित्नुभएको हो । उहाँले भारतीय बक्सर शिक्षालाई ५४ किलो तौल समूहमा हराएर स्वर्ण जित्नुभयो । मीनुको स्वर्णसँगै नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुदमा ४६ औं स्वर्ण हात पारेको हो ।

