मुगुका किशोरीहरु फुटबल खेल्न स्पेन पुगे

स्पेन। अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा भाग लिन मुगुका किशोरीहरु स्पेनमा पुगेका छन्।

 

मुगुका भिरालो पाखामा मोजाका बल खेलेर हुर्केका किशोरीहरु अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी बन्न शुक्रबार साँझ बार्सिलोना पुगेका हुन्। जुलाई १ देखि ७ सम्म स्पेनमा हुने अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा ३३ देशबाट ६ सय ३० टिमको सहभागिता रहने बताइएको छ। जसमा सहभागिता जनाउन टीम राराका १७ किशोरीहरु पनि प्रतिस्पर्धामा उत्रने छन्।

 

नेपालको राजधानी काठमाडौं नै नदेखेका किशोरीहरु विश्व चर्चित खेलाडीहरु लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोले कर्मथलो बनाएको स्पेन गएर फुटबल खेल्दैछन्। प्रतियोगिताको उद्घाटन समारोहमा मुगुको टिमलाई राष्ट्रिय झण्डा र परम्परागत पोशाकसहित मार्चपास गर्न छनोट गरिएको टिमका निर्देशक भोजराज भाटले जानकारी दिए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.