मंसिर २३, कपिलवस्तु । कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ।
महाराजगन्ज नगरपालिका ६ मा रहेको माध्यमिक विद्यालय बुटहनियाँमा प्रतियोगिता सप्पन्न भएको हो । सहज परियोजना अन्तर्गत भि एस ओ, अलर्ट इन्टरनेशनल, मधेस मानव अधिकार गृह माहुरी होम, युके एडको सहयोगमा हाजिरी जवाफ कार्यक्रम गरिएको हो । ‘समानताको पुस्ता, बलात्कार विरुद्धको ऎक्यबद्द्ता’ भन्ने नारा सहित कार्यक्रम सम्पन्न गरिएको हो । माध्यमिक विद्यालयका प्रधानाध्यापक राम बहादुर चौधरीको अध्यक्षतामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अंतरगत हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको हो ।
विद्यालयवाट सहभागी भएका बालबालिकाहरुमध्ये लक्ष्मी समुह प्रथम, पार्वती समुह दोस्रो, सीता समुह तेस्रो र सरस्वती समुह,राधा समूह सन्तवना स्थान हसिल गरेका थिए । उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कारले सम्मान गरिएका थिए । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान – हाजिरीजवाफ प्रतियोगिता कार्यक्रममा एक सय जना बालबालिका र किशोर किशोरीको सहभागिता रहेको थियो ।

