समाज सुधारको गतितर्फ उन्मुख– सांसद सिलवाल

मंसिर २२, काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नं. ४ ले ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रम अन्तर्गत स्थानीयवासी र नेकपा केन्द्रिय सदस्य तथा प्रदेश सांसद नारायण सिलवालसहित वडाध्यक्ष र वडा सदस्यबीच अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

स्थानीयका समस्या र गुनासा सिधै जनप्रतिनिधिसमक्ष पुर्‍याउने उद्देश्यले वडाले श्रृङ्खलाबद्ध रुपमा आयोजा गर्दै आएको अन्तरक्रिया कार्यक्रममा सांसद सिलवालले समाजले सुधारको गति लिइसकेको बताएका छन् । माथिल्लो टुसालस्थित टुसाल पार्कमा आयोजित कार्यक्रममा सांसद सिलवालले वडा नं. ४ का स्थानीयको समस्याको सम्बोधन गर्दै सम्पन्न परियोजना र भविष्यका योजनाका बारेमा जानकारी दिएका थिए ।

स्थानीयले मुख्यतः खानेपानी, सडक मर्मत एवं विस्तार, प्रदुषणलगायतका विषयमा सांसद सिलवालको ध्यानाकर्षण गराएका थिए ।सिलवालले मेलम्ची परियोजना अन्तिम अवस्थामा पुगेको र खानेपानीको समस्या छिट्टै समाधान हुने विश्वास दिलाए भने सडक विस्तारका लागि वडा कार्यालय र स्थानीयले समन्वय गर्नुपर्ने बताउँदै आफुले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.