फुटबल अन्तरगत समुह चरणको खेलमा आज नेपाल र बंगलादेश भिडदै

मंसिर २२, काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत आज १५ वटा खेल हुँदैछन् ।

शनिबार भएको दोस्रो खेलमा भुटानले श्रीलंकालाई पराजित गरेपछि नेपालको फाइनलमा स्थान पक्का हुन सकेन । भुटानले अंक गुमाएको अवस्थामा नेपालको यात्रा सहज हुने थियो । श्रीलंका विजयी भएको खण्डमा नेपाल फाइनलमा पुग्ने थियो । तर भुटानले उत्कृष्ट प्रदर्शन गर्दै श्रीलंकालाई स्तब्ध पार्यो । कास्य पदकको सम्भावनाका लागि लडिरहेको श्रीलंका पदकविहिन हुँदै घर फर्कन बाध्य भयो ।

भुटान भने जितसँगै फाइनलमा स्थान पक्का गर्ने पहिलो टोली बन्यो । भुटानले अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेल्न लागेको यो नै पहिलो पटक हो । जनकपुरमा कुस्ती हुने छ भने पोखरामा भारत्तोलन, महिला क्रिकेटको स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने छ । काठमाडौं उपत्यकामा पुरुष फुटबलमा नेपाल र बंगलादेश समूह चरणको खेलमा प्रतिस्पर्धा गर्दैछन् । रंगशालामा अपरान्ह साढे ५ बजे खेलशुरुहुने छ । पुरुष क्रिकेटको स्वर्ण पदकका लागि श्रीलंका र बंगलादेश कीर्तिपुर मैदानमा भिड्दै छन् । ललितपुरमा पौडी, स्क्वास, जुडो लगाएतका खेलहुँदैछन् ।

१३ औं सागको पदक तालिकामा भारत शीर्ष स्थानमा छ । भारतले अहिलेसम्म ११० स्वर्ण पदकसहित शीर्ष स्थानमा रहँदा नेपाल ४३ स्वर्ण पदकका साथ दोस्रो स्थानमा छ । जारी सागमा भुटानले अहिलेसम्म कुनै पनि स्वर्ण पदक जितेको छैन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.