लागुऔषधसहित ६ जना पक्राउ

मंसिर १९, काठमाडौं । प्रहरीले अवैध लागुऔषध सहित छुट्टाछुट्टै स्थानबाट छ जनालाई पक्राउ गरेको छ । प्रहरीले दैलेख, गुँरास गाउँपालिका–४ रानीमत्ता चेकपोष्टमा जाँच गर्ने क्रममा अवैध लागुऔषध ब्राउनसुगर ११ दशमलब ५० ग्रामसहित चारजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जुम्ला चन्दननाथ नगरपालिका–४ का २४ वर्षीय रबि मल्ल, चन्दननाथ नगरपालिका–१ का २२ वर्षीय शालिकराम महत, चन्दननाथ नगरपालिका–का सौगात कार्की र मुगु छाँयानाथ रारा नगरपालिका–११ का२३ वर्षीय महेलाल साउद रहेका छन् । शंकास्पद रुपमा हिँडिरहेका उनीहरुलाई प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणको लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो । यस्तै नवलपरासी (पूर्व), कावासोती नगरपालिका–१६ तिनघरे चोकबाट नियन्त्रित लागुऔषध डाईजेपाम ६० एम्पुल, फेनारगन ६० एम्पुल र नुर्फिन ६० एम्पुलसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चितवन भरतपुर महानगरपालिका–११ का २४ वर्षीय रोशन पाठक र आइत बहादुर थिङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले लु.१ ख ८६२२ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त परिमाणको लागुऔषध सहित पक्राउ गरेको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.