उसुमा नेपालकी निमालाई स्वर्ण पदक प्राप्त

मंसिर १९, काठमाडौँ ।    १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नेपालकी निमा घर्तिमगरले स्वर्ण पदक जितेकी छिन्।

आज लगनखेलस्थित आर्मीको कभर्डहलमा उसु थाउलो अन्तर्गत महिला तर्फमा १८.९१ अंक ल्याएर स्वर्ण जितेकी हुन् । यस प्रतिस्पर्धामा बंगलादेशले रजत र श्रीलंकाले कास्य पदक जितेको छ।

यस्तै उसुको पुरुषतर्फ नेपालका विश्व बुडामगरले रजत पदक जितेका छन्। उनले १९.१३ अंक प्राप्त गरेका छन्। यस स्पर्धामा भारतका सुरज सिंहले १९.२२ अंक ल्याउँदै स्वर्ण जितेका हुन्। बंगलादेशको रशेन हुसेन १८.६८ अंक ल्याएर कास्य पदक पाएका छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.