पाल्पामा जीप दुर्घटना, दुई जनाको मृत्यु

मंसिर १९, पाल्पा । सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–५ चौविस माईलमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु १ ज ४२०९ नम्वरको जीप आज बिहान ११ बजे दुर्घटनामा परेको हो । मृतकको सनाखत हुन सकेको छैन । जीप सडकबाट करीव २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण समेत खुल्न नसकेको प्रहरीले जनाएको छ । मृतक दुवै जना पुरुष रहेका छन् । घटनास्थलमा प्रहरीले उद्दार गरिरहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.