कपिलवस्तुमा २८ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो

धीरज काेरी

मङ्सिर १७, कपिलवस्तु । कपिलवस्तु जिल्लाकाे सदरमुकाम ताैलिहवामा अन्तर्राष्ट्रिय अपाङ्गता दिवस भव्य रुपमा मनाइएको छ।

कपिलवस्तु नगरपालिकाकाे भवन वाट र्‍याली निकालेर प्रशासन चाैक हुँदै श्री बुद्ध पाद्धम माध्यमिक विद्यालय काे खेल मैदानमा ह्यूल च्यर दाैड प्रतियोगिता गरिएको थियो । ह्यूल च्यर प्रतियोगितामा भाग लिएका व्यक्तिहरु प्रथम ,दोस्रो,तेस्रो र चाैथाे स्थान प्राप्त गरेका व्यक्तिहरुलाई पुरुस्कार दिएर सम्पन्न गरिएको थियो ।


खेल मैदानवाट फेरि र्‍याली सुरु गरेर पुनः कपिलवस्तु नगरपालिका काे सभाहाल मा पुगेर अन्त्य गरिएको थियो ।
अपाङ्गता भएकाे विद्यार्थीहरुलाई चित्रकला प्रतियोगिता मा सहभागिता रहेकाे थियो ।यस चित्रकला प्रतियोगितामा भाग लिएका मध्ये श्री लक्ष्मी रत्न राज्य मा।वि। की रीना कँहार प्रथम ,श्री बुद पाद्धम मा।वि काे मनिष कसाैधन दोस्रो,श्री तिलाैराकाेट मा।वि। काे अमन कुमार चाैधरी तेस्रो र श्री धर्म भक्त अाधारभूत विद्यालय बभनी काे कृष्ण प्रसाद धाेवी सन्ताेना स्थान हासिल गरेका विद्यार्थीहरुलाई पुरुस्कार दिएर सम्पन्न गरिएको थियो ।

अन्तर्राष्ट्रिय अपाङ्गता दिवस कार्यक्रममा कपिलवस्तु नगरपालिका काे कार्यालय ,दलित सामाजिक विकास केन्द्र र यूनाईटेड टु नेपाल लगायत अन्य संघ संस्थाकाे सहयाेगमा सम्पन्न भएकाे छ।
कपिलवस्तु नगरपालिका काे उपप्रमुख लक्ष्मी गुप्ताले मन्तव्य काे क्रममा अन्तर्राष्ट्रिय अपाङ्गता दिवस ह्यूल च्यर दाैड प्रतियोगिता र चित्रकला प्रतियोगिता अहिले दुई प्रतियोगिता राखिएको र अाउने वर्षमा सबै मिलेर नयाँ नयाँ प्रतियोगिता र अाफू अपाङ्गहरु काे समस्य समाधान मा लागि परेकाे बताएकी थिन।

यस कार्यक्रममा राष्ट्रिय अपाङ्ग महा संघ नेपाल ,प्रदेश नं।५ काे काेषा अाध्यक्षा हेम नाथ ज्ञवाली,कपिलवस्तु नगरपालिका काे उपप्रमुख लक्ष्मी गुप्ता,सामाजिक संयोजक एवम वडा ३ का अध्यक्ष प्रकाश गैरे र अन्य संघ संस्था काे अध्यक्ष,विभिन्न संस्थाकाे प्रतिनिधि र १०० जना भन्दा वढी व्यक्ति काे उपस्थिति रहेकाे थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.