‘सिद्धबाबा’लाई थप हिरासतमा राख्न अनुमति

मंसिर १६, विराटनगर । बलात्कारको आरोप लागेका ‘सिद्धबाबा’लाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत सुनसरीका न्यायाधीश धर्मराज पौडेलको इजलासले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई म्याद दिएको हो। प्रहरीले म्याद थप गरेपछि पुनः उनलाई विराट नर्सिङ अस्पतालमा लगिएको छ।

सुनसरी चतराका सिद्धबाबा जगत गुरु कृष्णदासजी महाराज भनिने कृष्णदास गिरीलाई विराटनगरस्थित विराट नर्सिङ होमको डिलक्स क्याबिन नम्बर ५ बाट सोमबार बिहान जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले पक्राउ गरेको थियो। गिरीको स्वास्थ्यमा समस्या भएपछि प्रहरीले उनलाई जिल्ला अस्पताल सुनसरीमा राखिएको थियो ।

गिरीविरुद्ध बलात्कार प्रयासको उजुरी शुक्रवार दिउँसो जिल्ला प्रहरी कार्यालय सुनसरीमा दर्ता भएको थियो। गत कार्तिक ४ गते गिरीले आफ्नै अनुयायीको बलात्कार प्रयास गरेको आरोप लागेको छ। तर ‘सिद्धबाबा’ भने आफूलाई षडयन्त्रमा पारिएको दाबी गरिरहेका छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.