नेपालले जित्यो ११ स्वर्ण, २ रजत, १ कास्य

big bite restro

मंसिर १६, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुदमा नेपालले हालसम्म ११ स्वर्ण, २ रजत र १ कास्य पदक जितेको छ।

नेपालका विप्लबलाल श्रेष्ठले करातेको ८५ केजीभन्दा माथि तौल समूहमा स्वर्ण पदक जितेका छन्। उनले ६–५ ले पाकिस्तानी खेलाडी मुहम्मद बाजलाई पराजित गर्दै स्वर्ण जितका हुन्। त्यस्तै तेक्‍वान्दोमा नेपालले थप दुई स्वर्ण पदक जितेको छ। सागमा यसअघि पनि स्वर्ण पदक जितिसकेकी एसियाली कास्य पदक विजेता आयशा शाक्यले महिला एकल पुम्से अन्तर्गत २९ वर्ष माथिको उमेर समूहमा स्वर्ण पदक जितिन्। यसैगरी महिला एकल पुम्सेअनतर्गत २३ देखि २९ वर्षको उमेर समूहमा नेपालकी पारवती गुरुङले ७.९४० स्कोर गर्दै स्वर्ण पदक जितेकी छिन्।

नेपालका दिवस श्रेष्ठले रजतपदक जितेका छन्। उनी करातेअन्तर्गत ८४ केजीभन्दा मुनी तौल समूहको फाइनलमा पाकिस्तानका अवाइस मोहम्मदसँग पराजित भएपछि रजतमा सीमित हुनुपर्‍यो। नेपालका लक्ष्मण तामाङले करातेमा स्वर्ण पदक जितेका छन्। करातेको एकल कुमुतर्फ उनले बंगलादेशका मोहम्मद मुस्ताफालाई पराजित गर्दै स्वर्ण जितेका हुन्।

कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ

कराते (टिम काता, महिला)

कराते (टिम काता, पुरुष) विप्लबलाल श्रेष्ठ

कराते (५५ केजी) – लक्ष्मण तामाङ

तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ

तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु

तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ

तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य

ट्रायथलोन – सोनी गुरुङ

स्वर्ण जित्ने नेपाली टोलीमा सरु कार्की, निर्मला तामाङ र सङ्‍गीता मगर छन्। नेपाललाई पहिलो स्वर्ण करातेको पुरुष एकल कातातर्फ मण्डेकाजी श्रेष्ठले दिलाएका हुन्। पहिलो चरणबाट सर्वाधिक अङ्क हासिल गर्दै फाइनलमा पुगेका मन्डेकाजीले २५.७२ अंक हासिल गर्दै नेपाललाई करातेतर्फ १३औं सागको पहिलो स्वर्णपदक दिलाएका हुन्। पाकिस्तानका निमातुल्लाहले २४.९२ अंक ल्याउँदै रजतमा चित्त बुझाए। तेक्‍वान्दोमा सीना लिम्बूले नेपाललाई स्वर्ण पदक दिलाएकी छन्। यसैगरी करातेको पुरुष टिम कातामा नेपालले स्वर्ण पदक जितेको छ। सातदोबाटोस्थित कराते हलमा सोमबारबाट सुरु भएको प्रतियोगितामा मन्डेकाजी श्रेष्ठ, महशुस तामाङ, प्रबिन महर्जनको टोलीले २५.५४ अंकसहित फाइनलमा श्रीलंकालाई पराजित गर्दै स्वर्णपदक जितेको हो। ट्रायथलनमा नेपालका लागि सोली गुरुङले स्वर्ण पदक जितिन्। पहिलोपटक काठमाडौं बाहिर हुन लागेका प्रतियोगिताअन्तर्गत ट्रायथलन सोमबारबाट सुरु भएको हो। त्यस्तै पुरुषतर्फ नेपाल बसन्त खवासले कास्य जितेका छन्।

सोमबारबाट सुरु भएको करातेको महिला टिम कातातर्फ नेपालले २४.८८ अंक हासिल गदैं स्वर्ण पदक जितेको छ। सातदोबाटोस्थित कराते हलमा जारी प्रतियोगितामा नेपालले फाइनल पाकिस्तानलाई पराजित गरेको हो। स्वर्ण जित्ने नेपाली टोलीमा सरु कार्की, निर्मला तामाङ र सङ्‍गी ता मगर छन्। रजत पदक जित्ने पाकिस्तानले २३.३ अंक जोड्यो।पहिलो चरणमा नेपाली महिला टोलीले २४.७४ अंक जोडका थिए। सोही चरणमा श्रीलंकाले २२.५४ अंक हासिल गरेको थियो। त्यस्तै, पहिलो चरणमा बंगलादेशले २४.०८ अंक जोडेको थियो। त्यस्तै पाकिस्तानले २५.१४ जोडेको थियो। नेपाली टोली पहिलो चरणमा श्रीलंकालाई पराजित गर्दै फाइनलमा पुगेको थियो। व्यक्तिगत पोम्से (तेक्‍वान्दो) मा कमल श्रेष्ठले सोमबार नै नेपाललाई स्वर्ण पदक दिलाएका छन्। करातेतर्फ महिला एकल कातामा चञ्चल दनुवारले नेपालका लागि सोमबार नै रजत पदक दिलाएकी छिन् ।

सम्बन्धित समाचार