बिगबाईट गुड फ्राईडेमा जादुगर गिरी र मुना मगरको प्रस्तुती रहने

big bite restro

प्रारम्भ खबर ।
मंसिर १६, काठमाडौँ । बिगबाईट रेष्ट्रो एण्ड गार्डेनले आउने शुक्रबार आफ्नै हलमा सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

विभिन्न कलाकारहरुको बेजोड प्रस्तुती सहित गुड फ्राईडेको रुपमा गार्डेनले आफ्ना ग्राहकहरुलाई मनोरञ्जन प्रदान गरिने सञ्चालक तेजकाजी लामाले जानकारी दिए । हरेक शुक्रबार बेलुका ५ बजेदेखि हुने बेग्ला बेग्लै प्रस्तुती सहित ग्राहकहरुलाई सन्तुष्टी दिदै आईरहेको उक्त बिगबाईटले आउने शुक्रबार (मंसिर २० गते) भने चर्चित गायिका तथा मोडल मुना मगर, कमेडी कलाकार रेशम फिरिरि (हाँछ्यु ) जादुगर राजेन्द्र गिरी लगायत थुप्रै कलाकारहरु तथा नृत्य प्रस्तुत गरिने बताएको छ ।

बौद्ध ओरालोमा रहेको उक्त गार्डेनमा शान्त तथा पारिवारिक वातावरणमा स्वस्थ खानेपरिकार पनि उपलब्ध गराउँदै आईरहेको बताउँदै शुक्रबार समुहमा आउने ग्राहकहरुलाई विशेष छुटका साथ सेवा प्रदान गरिने बताइएको छ ।

सम्बन्धित समाचार