अर्जेन्टिनालाई पराजित गर्दै फ्रान्स क्वार्टरफाइनलमा प्रवेश

संघर्षपूर्ण खेलमा अर्जेन्टिनालाई ४–३ ले पराजित गर्दै फ्रान्स विश्वकप फुटबल २०१८ को क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ।

रुसको कजान एरिना रंगशालामा शनिबार सम्पन्न पहिलो खेलमा किलियन एमबाप्पेले २ तथा एन्टोनियो ग्रिजम्यान र बेन्जामिन पाभर्डले १–१ गोल गरेपछि अर्जेन्टिनालाई फ्रान्सलाई स्तब्ध बनाएको हो।

अर्जेन्टिनाका लागि एन्जल डि मारिया, गाब्रियल मेरकाडो र सर्जियो अगुइरोले गोल गरेपछि टोलीलाई क्वाटरफाइनलमा लान सकेनन्। अर्जेन्टिना २०१४ को विश्वकपको फाइनलमा जर्मनीसँग १–० ले पराजित हुँदै उपविजेतामा चित्त बुझाउन बाध्य भएको थियो।

Satkar Media House
Leave A Reply

Your email address will not be published.