मङ्सिर १५ र २४ गते चक्रपथभित्र जोर बिजोर प्रणाली

मंसिर १२, काठमाडौँ । मंसिर १५ गतेदेखि २४ गतेसम्म हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को अवसरमा काठमाडौँको चक्रपथभित्र जोर बिजोर प्रणाली लागू गरिने भएको छ।

ट्राफिक प्रहरीले सागको व्यवस्थापनका लागि भन्दै दुइ दिन जोर विजोर प्रणाली लागू गरेको जनाएको छ। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले १५ गते बिजोर र २४ गते जोर नम्वर प्लेटका सवारीसाधन मात्र चल्न दिने जानकारी दिए । जसअनुसार साग उद्घाटनको दिन १५ गते र समापन २४ गते हुनेछन् । त्यस्तै ठूला मालवाहक सवारीसाधनलाई चक्रपथभित्र प्रवेश गर्न पनि निषेध गरिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.