लैंगिक हिंसाविरुद्ध समुदायमा सचेतना जगाउँदै प्रहरी

मंसिर १२, काठमाडौं । बर्दियाका विभिन्न स्थानमा ‘लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान’ अन्तर्गत लैंगिक हिंसा न्यूनिकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दिया तथा मातहतका कार्यालय, समुदाय प्रहरी वडा समिति, समुदाय प्रहरी टोल समितिको संयुक्त आयोजना तथा बर्दिया जिल्लामा क्रियाशील महिला अधिकारको क्षेत्रमा काम गर्ने विभिन्न संघ–संस्थाहरुको सहकार्यमा उक्त सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु, स्थानीय तहका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख तथा प्रतिनिधिहरु, शिक्षक, बिद्यार्थी, समाजसेवी, नागरिक समाज, स्थानीय संचारकर्मी, महिला संजाल लगायत सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थिति थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.