हस्तकला प्रबर्द्धनको लागि सरकार सहयोग गर्न तयार छ : अर्थमन्त्री

big bite restro

मंसिर १२, काठमाडौं । अर्थमन्त्री डा। युवराज खतिवडाले हस्तकला प्रबर्द्धनको लागि सरकार जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताएका छन् । बिहीबार भृकुटीमण्डपमा सुरू भएको १७ औं हस्तकला व्यापार मेला तथा १५ औं हस्तकला प्रतियोगिताको उद्घाटन गर्दै अर्थमन्त्रीले यस्तो बताएका हुन् ।

कार्यक्रममा मन्त्री खतिवडाले नेपालमा हस्तकला निर्यातको सम्भावना धेरै भएपनि कारोबारको हिसाबले निर्यात कम भएको बताउँदै हस्तकलाका सामग्रीहरु उत्पादनमा जोड दिनुपर्ने बताए । सरकारले हस्तकला क्षेत्रको लागि सहयोग गर्ने हिसाबले रेसा उत्पादनमा जोड दिन बजेटमै उल्लेख गरेको प्रस्ट पार्दै उनले हस्तकलाको प्रवद्र्धनको लागि के कस्ता समस्या छन् । ती पहिचान गरेर वार्षिक रुपमा यति प्रतिशत उत्पादन वृद्धि गर्छौ भने र योजनाका साथ मन्त्रालयमा आउँन आग्रह गरेका छन् । “ हस्तकलाका समस्या पहिचानगरी वार्षि यति उत्पादन गर्छौ भनेर योजनाका साथ भोली नै आउँनुस्, सरकार जस्तोसुकै सहयोग र सहकार्य गर्न तयार छ ” उनले भने ।

मन्त्री खतिवडाले पर्यटन वर्ष र हालै सुरू भएको १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा रंगशालामा हस्तकला प्रदर्शनीको स्टल राख्न आग्रह गरेका छन् । साग गेम हेर्न आउने विदेशीहरुले चिनोको रुपमा हस्तकलाका सामग्री लाने भएकाले व्यापार प्रवद्र्धनमा टेवा पुग्ने उनको भनाई थियो । यसैबीच कार्यक्रममा हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले उत्पादन बजार र सामुहिककरणको लागि मेला अपरिहार्य भएको बताए । पर्यटहरुले चिनोको रुपमा लाने सामग्रीले विश्वमाझ नेपाललाई चिनाएको उनको भनाई थियो ।

सम्बन्धित समाचार