टुटल, पठाओ र सरर नरोक्न यातायातमन्त्रीको निर्देशन

big bite restro

मंसिर ११, काठमाडौँ । भौतिक पुर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले टुटल, पठाओ र सररलाई तत्काल नरोक्न निर्देशन दिएका छन् ।

यातायात व्यवस्था विभागका महानिर्देशक, निर्देशक, मन्त्रालयका सचिव, सहसचिव लगायतसगँको बैठकमा मन्त्री नेम्वाङले कानुन नबनुन्जेल यस्ता सेवालाई यथास्थितमा चल्न दिन निर्देशन दिएका हुन् । युवाहरुले काम पाइरहेको र यात्रुहरुले सेवा पाइरहेकाले यस्ता सेवालाई हात नहाल्न निर्देशन दिएका हुन् ।

यातायात व्यवस्था विभागले गत ३ गते सूचना जारी गर्दै एउटा प्रयोजनको सवारी साधन अर्को प्रयोजनमा प्रयोग गरे कानुन बमोजिम कारवाही गरिने भन्दै सार्वजनिक सूचना जारी गरेको थियो । लगतै ट्याक्सी चालकहरूले एक जना पठाओ चालकलाई नियन्त्रणमा लिएर ट्राफिक प्रहरीलाई बुझाएका थिए ।

सम्बन्धित समाचार