तीन किलो अबैध सुनसहित दुई जना पक्राउ

असार १५, काठमाडौं । तीन किलो अबैध सुन सहित एक भारतीय र एक नेपाली गरि दुई जना पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेहरुमा भारतीय नागरीक दिपक कुमार मोर्रे र नेपाली नागरिक कञ्चनपुर निवासी मनोज विक रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख विश्वराज पोखरेलले जानकारी दिए ।

शनिबार बिहान काठमाडौंको नागढुङ्गामा भारततर्फ जान लागेको भारतीय नम्बर प्लेट भएको यूके ०२–४६८४ नम्बरको मारुती कारलार्इ चेकजाँच गर्ने क्रममा उक्त सुन एयर फिल्टरमा लुकाएर ल्याएको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ । घटनाका समबन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.