रसुवागढी–काठमाडौं रेल्वेको अध्ययन गर्न सहमति

मंसिर ११, काठमाडौं । बहुचर्चित रसुवागढी–काठमाडौं रेल्वे निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन गर्ने सहमति भएको छ। चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा सीमा वारपार रेलमार्गको सम्भाव्यता अध्ययनको समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

उक्त समझदारी पत्रको कार्यान्वयनका लागि मंगलबार काठमाडौंमा यस्तो सहमति भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको नेशनल रेल वे एडमिनिस्ट्रेसनको मंगलबार काठमाडौंमा बसेको बैठकले अध्ययनको कामलाई शुरु गर्ने सहमति भएको रेल विभागले जनाएको छ। नेपाली पक्षले भने वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) का साथै चिनियाँ पक्षको आवश्यक सुरक्षामा सहयोग पुर्याउने पनि सहमतिपत्रमा उल्लेख गरिएको छ । केरुङ–काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन भने भइसकेको छ।

चिनियाँ परामर्शदाताले तयार गरेको पूर्वसम्भाव्यता अध्ययन रिपोर्ट अनुसार यो रेलमार्ग बनाउन २ खर्ब ५७ अर्ब रुपियाँ खर्च हुन्छ। करिब ७३ किलोमिटर लामो रेलमार्गमा ९८.५ प्रतिशत पुल र सुरुङमार्ग हुने पूर्व सम्भाव्यता अध्ययनमा उल्लेख छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.