मंसिर ११, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद साग प्रतियोगिता अन्तर्गत भलिबल आजबाट सुरु हुँदैछ । ३ दिनपछि सागको औपचारिक उद्घाटन हुने भए पनि भलिबल भने अघि नै सुरु हुन लागेको हो । भलिबलमा आज आयोजक नेपाल पहिलो प्रतियोगिता बंगलादेशसँग खेल्दैछ ।
राष्ट्रिय महिला टोलीले दिउँसो ३ बजे समूह को पहिलो खेल बंगलादेशसँग खेल्दै प्रतियागिता सुरुवात गर्दा पुरुष टोली पनि बंगलादेशसँग नै प्रतिष्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय कभर्ड हलमा महिला टोलीको खेल दिउँसो सुरु हुँदा पुरुष टोलीले बेलुका ७ बजे बंगलादेशसँग खेल्नेछ ।

