स्वयम्भू मञ्जुश्री यातायात सेवा समितिले नेपाली यात्रुहरुलाई निरन्तर सुरक्षित र आरामदायी सेवा प्रवाह गर्दै आईरहेको छ । नेपाल–भारतमा सिधै आवाजजावत गर्नका लागि सहज वातावरण निर्माण गर्दै आईरहेको मञ्जुश्री यातायातले वि.स. २०६० सालदेखि विधिवत रुपमा दर्ता गरी यात्रुहरुलाई थप सुरक्षा प्रत्यभूति गरेको छ । त्यस अघिदेखि नै हप्तामा ३ चोटी बस सेवा प्रदान गर्दै समितिले काठमाडौँ देखि भारतका लागि तिर्थयात्री बोक्दै आएको थियो । त्यसपछि २०७० सालमा स्वयम्भु मञ्जुश्री यातायात प्रा.लि.को रुपमा काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट दर्ता भई सेवा प्रदान गर्दै आईरहेको छ । तीनै स्वयम्भू मञ्जुश्री यातायात प्रा.लि.का कार्यकारी अध्यक्ष छिरिङ शेर्पासंग प्रारम्भ खबरले गरेको कुराकानीमा आधारीत सम्पादित अंश ।

यसरी भयो नेपाल–भारतको यातायात सेवा विस्तार
सन् २०१४ मा नेपाल सरकारका तत्कालिन प्रधानमन्त्री स्व. सुशील कोइराला र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा परवहन सन्धी, क्रसबाटोको सम्झौता अनुरुप नेपाल भारतमैत्री बस भएर भारतको डिटिसी र नेपाल सरकारको तर्फबाट स्वयम्भू मञ्जुश्री सेवा समिति प्रा.लिले हाल काठमाडौँबाट बनरस, यू.पि., आर.टि.सिसंग सम्झौता गरेर नेपाल भारतमैत्री बसको नाममा सेवा पु¥याईरहेको छ । तेस्रो चरणमा कम्पनीले काठमाडौँ पदमाबोदका बि.आर.टि.सिसंग सम्झौता गरेर काम सुरु गरिरहेको छ । सुरुवातमा प्रत्येक व्यक्तिको छुट्टाछुट्टै बस हुन्थ्यो र आलोपालो गरी आ–आफ्नो कर्मचारी राखेर सञ्चालन गर्थे । टिप शुल्क उठाएर कर्मचारीलाई दुईचार जना मर्केटिङ अनि काउन्टरमा व्यवस्थापनका साथै एकाउन्ट शाखामा चरा जना कर्मचारीबाट सुरु भएको थियो ।
नेपाल– भारत मैत्री बस सञ्चालन अघि नेपाली यात्रुहरु लुटिन्थ्यो
सुरुवात दिनमा धेरै गाह्रो थियो । नेपालदेखि भारत जानु भनेको भारतीय पक्षले नेपाल पक्षलाई पटकै हेरिदैनथ्यो । नेपालीहरु शिक्षा, व्यवसाय, रोजगारीको शिलसिलामा भारत जाँदै गर्दा उहाँहरुलाई लुटिने, ठगिने जस्तै फर्किने क्रममा भारतीय गाडीमा आउँदा केही वस्तु खुवाई वेहोस बनाईदिने आफुसंग भएको नगद तथा जेन्सी समेत लुटेको समस्याहरु थियो । त्यस प्रकारका समस्यहरु हुदाँ पनि भारतीय प्रहरीहरुलाई खबर गर्दा उनीहरुको हेर्ने दृष्ट्रिकोण हामीप्रति अलिकति नकारात्मक नै हुने गथ्र्यो ।
पछिल्लो समयमा हामीले नेपाल– भारत मैत्री बस सेवा सञ्चालन गरेपछि दुई देशबीचको परवहन सन्धी क्रसबाट संविधान सभा र प्रोटोकल अन्र्तगत सञ्चालन गरीसकेपछि यसबेला उहाँहरुमा हामीलाई हेर्ने दृष्ट्रिकोणमा केही फरक र सकारात्मक सुधार आयो । उहाँहरुले इज्जतका साथ हेर्न थाले । अहिले भने दिल्लीगेटबाटै हाम्रो गाडीलाई सुरक्षा दिई नेपाल पार गर्दै आएको छ ।
अविस्मरणीय क्षण
२०१४ जुन १८ र सार्क सम्मेलनको बेला नेपाल क्रसबाट अन्र्तगत नेपाल सरकार र भारत सरकारको तर्फबाट सम्झौता भएपछि हाम्रो गाडी मूर्त रुप सञ्चालन गर्ने अनुमति पायौँ त्यस बेलाको क्षण अविस्मरणीय बनेको छ । त्यसपछि नेपाल–भारतमैत्री बस सेवा भनेर हामीले सञ्चालन गरिरहेका छौं । थुप्रै कठिनाईका बावजुत हामीले औपाचारिकता पयौं । त्यसपछि सहज रुपमा सेवा प्रदान गर्न सफल भएका छौं ।
यातायातमा सुविधा र प्रतिवद्धतता
स्वयम्भू मञ्जुश्री यातायातले दिईरहेको यातायात सेवामा ३५ वटा साना गाडी, ४३ सिट भल्बो बस सञ्चालनमा रहेको कार्यकारी अध्यक्ष छिरिङ शेर्पा बताउँछन् । सुविधायुक्त यात्रुबहक बस खरिद गरी सेवा पु¥याउँदै आएका छौं । सबै बसमा शौचालयको समस्या भएकाले त्यसको पनि पूर्ति गरेका छौं । नेपाल सरकारले स्वीकृत दिइएको मित्र राष्ट्र भारतसम्म हाम्रो सेवा विस्तार गर्न सफल भएको छ । अब त्यही कार्यलाई मूल्यांकन गरेर अन्य राष्ट्रहरुमा पनि बस सेवा पु¥याउने व्यवस्थापन गरियो भने हामीले सेवा दिन सक्ने अठोट लिएका छौं । साथै हामीले मुनाफा मात्र संकलन गरेका छैनौं, सुविधा पनि दिईकै छौं । सुविधाकै रुपमा हेर्ने हो भने कतिपय नेपाली युवाहरु रोजगारीको शिलसिलामा भारत जाने क्रममा दलालको प्रलोभनमा परेर दिल्लीबाट अलपत्र हुने, भिसा आगमानमा कतिपयको बेखबर भएर विचल्लीमा बसेको हुन्छ । त्यस्तो समस्यामा परेका नेपालीहरुलाई निःशुल्क खाना खुवाएर नेपालसम्म ल्याउने काम गरिरहेका छौँ ।
कतिपय नेपाली छोरीचेलीहरु बेच्नका लागि मुम्बाई अथवा दिल्ली दलालमार्फत पुगेकाहरु बिचल्ली भएर बसेको अवस्थामा उद्धार गरी निःशुल्क रुपमा खाना खुवाएर नेपाल ल्याएका छौं । सरकारले स्वयम्भू मञ्जुश्री प्रा.लि.ले गरेका कार्यशैलीलाई बुझिदिनुभयो भने हामीलाई छिमेकी राष्ट्रहरुमा सेवा विस्तार गर्न सहयोग पुग्नेछ ।
सेवाग्राहीहरुको जिउधनको सुरक्षामा प्रतिबद्धतता
नेपाल सरकार र भारत सरकारको प्रतिनिधित्व गर्दै साझा रुपमा गाडी चलाएका छौं । सेवाग्राहीहरुको जिउधनको सुरक्षामा हामी प्रतिबद्धतता छौं । हामीलाई विश्वास गरिदिनुभएको छ, सेवाग्राहीहरुको सेवामा हरबखत तत्पर रहने र कुनै पनि समस्या नआउने गरी हामीले निरन्तर सेवा प्रदान गर्ने विश्वास पनि दिलाउन चाहन्छौँ । नेपालीले सेवा दिईरहेता पनि कतिपय यात्रुहरु भारतीय गाडीमै जाने गरेका छन् त्यहा थुप्रै समस्याहरु पनि आउने गरेको सुन्दै देख्दै आएको कुरा हो । त्यसैले विश्वासशीलो र भरपर्दो यात्राका लागि मञ्जुश्री यातायात सेवा तपाईहरुमाझ सदैबा सेवा दिन तयार छ । काठमाडौँका विभिन्न ठाउँमा हाम्रो शाखा कार्यालयहरु रहेको छ । नचिन्ने ठाउँहरुमा तपाईहरुलाई ठग्न सक्छन् अहिले पनि त्यो विकृति हटिसकेको छैन्, सतर्क रहन पनि अपील गर्छौ । स्वयम्भू मञ्जुश्री यातायातले यात्रुको भावनाअनुरुपको भाडादरमा नेपाल–भारत यात्रा सेवा प्रवाह गर्दै आएको जानकारी दिन चाहन्छु । प्रस्तुतीः विष्णुविक्रम केसी

