महाँगा र चिल्ला गाडीमा सवार हुन्छन् । तिनीहरुलाई के थाहा पैदलयात्री र सार्वजनिक सवरी साधनमा यात्रा गर्नेहरुको पिडा ? खाल्डै खाल्डा, त्यसमाथि सडक विचमा निस्किएका रडहरुले अस्तव्यस्त बनेका जोरपाटी क्षेत्र पछिल्लो समयमा ज्यानमारा बन्दै गएको छ । त्यसमाथी पानी ट्यांकरको ज्यादादी र बिग्रिएका सडकको अवस्थाले पटक–पटक दूर्घाटनामा ज्यान गुमाईसकेका छन् । देशकै सबैभन्दा ठूलो संस्था खगेन्द्र नवजीवन पनि यहि छन् जहाँ शारिरिक, बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु बसोबास गर्छन् । दैनिक रुपमा ह्वील चियर गुडाउँदै र सेतो छडिको सहारामा आफ्नो कार्यक्षेत्र हिडडुल गरेका तीनिहरु हाम्रो लागि राज्यले नै अन्याय गरिरहेको छ । भागवानले त यस्तो बनायो देश बनाउने शासकहरुले पनि अन्याय गरियो झन यो जोरपाटीको बाटो त हाम्रो लागि एम्बुस थापेर राखे बराबर भएको उनीहरुको गुणासो छ । यसतर्फ जनप्रतिनिधि र सरोकार पक्षको ध्यान पुग्नै पर्छ ।
प्रतिनिधि र प्रदेशसभा निर्वाचन सम्पन्न भएको पनि लगभग ७ महिना भइसकेको छ । जनताले विकासका लागि चुनिएर पठाएका ती जनप्रतिनिधिहरु कहाँ के गर्दै छन् जनता सचेत भएर टर्च लाईट बालेर खोज्ने बेला आएको छ । निर्वाचनको बेला भोट माग्न जसरी घर–घरको दैलोमा हात माग्न आउनेहरु निर्वाचित भएपछि कहाँ लुक्दै छन् ? जनताको समस्या कहिलेसम्म कालझै बनाईराख्ने ? जनताको समस्याको सम्बोधन गर्न बनेका सांसद हानिमुन पिरियड अझै बाँकी छ भन्ने नसोेचिदिनुहोला । सबैमा चेतना आओस ।