“हाउ लुङ्वा” मा रुकमान र प्रियाको जोडी ( भिडियो )

big bite restro

मंसिर १०, काठमाडौँ । गायक राज लिम्बुले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘हाउ लुङ्वा’ सार्वजनिक गरेका छन ।

यसघि यौनिक तथा अल्पसंख्यक समुदाय प्रति समर्पित गीत ‘बुझिदेउ’ बाट चर्चा कमाएका गायक लिम्बुको यो दोस्रो म्युजिक भिडियो हो । ‘हाउ लुङ्वा’ गीतमा नेपालको पुर्वी भागको चलन र संस्कारमा रहेको लिम्बु जातिको को संस्कारमा आधरित नाच (धाननाच) र गाउने गीत (पालाम) को कुराको वर्णनलाई अलिकति फ्युजन नयाँ तरिकाले प्रस्तुत गरिएको छ।

यस गीतमा स्वर , शब्द र संगीत गायक राज लिम्बुको रहेको छ । गीतको संगीत संयोजन गोपाल रसाइलीले गरेका हुन। म्युजिक भिडियोमा रुकमान लिम्बु र प्रिया लिम्बुको अभिनय रहेको छ । अनिल रानाले भिडियो सम्पादन गरेका हुन ।
भुपेन्द्र तुम्बाहाङ्फेको निर्देशनमा म्युजिक भिडियो तयार पारिएको हो ।

राज लिम्बुको अफ़िसिएल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।

सम्बन्धित समाचार