मंसिर ९, काठमाडौं । गत संस्करणको उपविजेता भारत सहभागि नहुने भएपछि १३ औं दक्षिण एसियाली खेलकुद अन्तगर्त पुरुष फुटबलमा ५ टोलीबीच प्रतिस्पर्धा हुने भएको छ ।
खेल तालिका र टाइसिट सार्वजनिक भइसकेको अवस्थामा भारतले सहभागिता नजनाउने बताएपछि पुरुष फुटबलमा ५ टोलीबीच प्रतिस्पर्धा हुने भएको हो । महिला खेलाडी दर्ता गराए पनि भारतले पुरुष टोली सहभागि नहुनेबारे नेपाल ओलम्पिक कमिटीलाई पत्र पठाएको छ । भारत सहभागि नहुने भएपछि अब १३ औं सागमा आयोजक नेपालसहित माल्दिभ्स, श्रीलंका, भुटान र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।
यसअघि खेलतालिका सार्वजनिक गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले अब नयाँ तालिका निकाल्ने छ ।

