शैलुङ र सिन्धुलीमा रम्दै सुटिङ युनिट

big bite restro

प्रारम्भ खबर ।
मंसिर ९, काठमाडौँ । रामेछापको सुन्दर रमणीय धार्मिक तथा पर्यटकीय क्षेत्र शैलुङमा यतिखेर म्युजिक भिडियो सुटिङ भईरहेको छ । जुन  अमृत गिरीको निर्देशनमा ६ ओटा म्युजिक भिडियोको काम एकैचोटी भईरहेको छ ।

राज लामा कालेको संयोजनमा करिब २० भन्दा बढि कलाकारहरुको  निकै उत्कृष्ट अभिनयका साथ सुटिङ भईरहेको निर्देशक अमृत गिरीले जानकारी दिए । नयाँ गीतहरु ‘ह्याङला माया’, ‘चार आनाको’, ‘नाकैमा फुली’, ‘धिम ङाला’, ‘घर प¥यो काभ्रे’, र ‘गोठालो कान्छी’ रहेका छन् ।

सुरेश घिसिङले छायांकन गरिरहेको उक्त म्युजिक भिडियोहरुमा कलाकारहरु राज लामा, आयुषा बम्जन, रुविना लामा, सन्ध्या पाख्रिन, रविन मगर, रजिना दोङ, रसिला योञ्जन लगायतले मुख्या भूमिकामा अभिनाय रहेको निर्देशक गिरिले बताए । गत सोमबारबाट सुरु भएको सुटिङमा क्यामेरा सहयोगीमा रविन तामाङ, प्रकाशमा अर्जुन तिम्सिना र यादव बंशीले साथ दिईरहेका छन् । त्यस्तै कलाकारहरुको शौन्र्दयलाई निकै मेहनतीका साथ मेकअपमा विक्रम गौतमले साथ दिईरहेको छ ।

एक हप्तापछि रामेछापको शैलुङबाट आज सिन्धुलीको खुर्कोटमा सुटिङ युनिट आईपुगेको छ । एकै चोटी ६ ओटा म्युजिक भिडियो छायांकन गर्दा निकै दबाब भए पनि युनिटको टिमले सकारात्मक सहयोग पु¥याएकोमा निर्देशक गिरीले आफु सन्तुष्ट नै रहेको बताए । चिसो मौसमको बाबजुत सुटिङलाई सफल पारेको बताउँदै चाँडै सम्पादन भएर सबै दर्शक र स्रोतामाझ ल्याउने निर्देशक गिरिको दावी छ ।

सम्बन्धित समाचार