असार १६, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारसँग अंश खोजेको आरोप लगाएका छन् ।
शनिबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री तामाङले कांग्रेसले भाग खोजेकै कारण संवैधानिक नियुक्तिका लागि संसदीय सुनुवाइ समिति बन्न नसकेको जिकिर गरे । कांग्रेसले आफ्ना सांसदहरुलाई एउटै समितिमा राख्नुपर्ने माग गरिरहेको पनि उनको भनाइ छ । मन्त्री तामाङले कांग्रेसले जतिनै भाग खोजे पनि सार्वजनिक लेखा समितिबाहेक अरु समिति नपाउने दाबी गरे ।
मन्त्री तामाङले अनशनकारीले भनेकै भरमा काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्ने काम नरोकिने स्पस्ट पारे । उनले मेडिकल कलेज कहाँ आवश्यक छ र कहाँ खोल्ने ? भन्ने निर्णय सरकारले गर्ने भन्दै मेडिकल कलेज खोल्ने अधिकार सरकारलाईमात्र रहेको बताए ।