सागको उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने

मंसिर ८, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को राष्ट्रपति विद्यादेबी भण्डारीले उद्घाटन गर्ने भएकी छन् ।

एकसातापछि काठमाडौंस्थित दशरथ रंगशालामा हुने प्रतियोगिताको उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने भएकी हुन् । राष्ट्रिय खेलकुद परिषद्९राखेप०का अनुसार मंसिर १५ गते साँझ ३ घण्टा चल्ने उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विशेष सम्बोधन गर्नेछन् । साग काठमाडौं र पोखरासँगै जनकपुरमा सञ्चालन हुँदैछ । १० दिनसम्म चल्ने सागमा ७ देशका ३ हजार खेलाडीबीच २६ खेलमा प्रतिस्पर्धा हुनेछ ।

सन् १९८४ मा काठमाडौंबाट सुरु भएको साग १३ औं संस्करणसम्म आइपुग्दा नेपालले तेस्रो पटक आयोजनाको जिम्मेवारी पाएको हो । यसअघि दोस्रो पटक नेपालले सन् १९९९ मा साग आयोजना गरेको थियो । सागका लागि अहिले ओलम्पिक टर्च र्याली सुरु भइसकेको छ । उद्घाटन समारोह आयोजना हुने दशरथ रंगशालाको स्तरउन्नती अन्तिम चरणमा पुगेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.