पर्यटन मन्त्रीले गरे राईड थ्रु सिन्धुलीगढीको सुरुवात

मंसिर ६, काठमाडौं । चारदिन हुने ‘राइड थ्रु सिन्धुलीगढी’ साइकल यात्राको सुरूवात पर्यटनमन्त्री योगेश भट्टराईले शुक्रबार बिहान पशुपतिनाथ मन्दिर परिसरबाट साइकल यात्राको उद्घाटन गरेका छन् ।

साइकल चढेर उनले यात्राको सुरूवात गरेका हुन् । समृद्ध सिन्धुली अभियानले हरेक वर्ष आयोजना गर्दै आएको साइकल यात्रामा यस वर्ष उल्लेख्य सहभागिता रहेको छ ।‘राइड थ्रु सिन्धुलीगढी’की संयोजक दीपिका ज्ञवालीका अनुसार साइकल यात्रामा १८ जना महिला र १४८ जना पुरुष गरेर कुल १६७ जना साइकलयात्री र सहयोगीसँगै २०४ जनाको सहभागिता रहने छ । यस वर्ष संयुक्त राष्ट्र संघ र ब्रिटिस काउन्सिलले महिला साइकलयात्रीलाई प्रायोजन गरेकाले महिलाको संख्या उल्लेख्य भएको हो । संयुक्त राष्ट्र संघले १० जना र ब्रिटिस काउन्सिलले ५ जना महिला यात्रीको सम्पूर्ण खर्च बेहोर्ने भएको समृद्ध सिन्धुली अभियानका अध्यक्ष लीलानाथ घिमिरेले जानकारी दिए ।

समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीको प्रबर्धन गर्न चार वर्षदेखि ‘राइड थ्रु सिन्धुलीगढी’आयोजना गर्दै आएको छ । ‘राइड थ्रु सिन्धुलीगढी’लाई ब्राण्डिङ गरेर विदेशीलाई समेत सहभागी गराउने गरी साइकल यात्रा थालिएको घिमिरेले बताए । यस वर्ष संयुक्त राष्ट्र संघ, ब्रिटिस काउन्सिल जस्ता अन्तराष्ट्रिय संस्था हाम्रो साइकलयात्रासँग जोडिएका छन्, आयोजक समृद्ध सिन्धुली अभियानका अध्यक्ष लीलानाथ घिमिरेले भने, ‘हाम्रो साइकलयात्राले अन्तराष्ट्रिय पहिचान पाएको छ । यो नेपालीहरुका लागि गौरवको कुरा हो । ”

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.