भोलिबाट टर्च र्‍याली सुरू हुने

मंसिर ५, काठमाडौं । मंसिर १५ गतेदेखि हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताका लागि भोलि (शुक्रबार) बाट ओलम्पिक टर्च र्‍याली सुरू हुने भएको छ ।

काठमाडौंबाट विराटनगरमा लगिने ओलम्पिक टर्च ७ प्रदेशको भ्रमणपछि काठमाडौं ल्याइने भएको हो । आज काठमाडौंमा पत्रकार सम्मेलन गरी टर्च र्‍यालीको जिम्मेवारी पाएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले प्रदेशका विभिन्न स्थानमा पुर्‍याएपछि १५ गते उद्घाटनस्थल दशरथ रंगशाला ल्याउने जानकारी दिएको छ । टर्च र्‍याली राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले उद्घाटन गर्ने कार्यक्रम छ । भोलि काठमाडौंबाट विराटनगरसम्म गरिने टर्च र्‍याली दोस्रो दिन विराटनगरबाट धनुषा पुर्‍याइने छ ।

तेस्रो दिन हेटौंडा हुँदै हुँदा चितवन, चौथो दिन लुम्बिनी हुँदै बुटवल, पाँचौं दिन सुर्खेत र्पुयाएर नेपालगञ्ज लग्ने तयारी भएको संघका अध्यक्ष दिपक श्रेष्ठले जानकारी दिए । छैटौं दिन धनगढी हुँदै पोखरा पुयाइ आठौं दिन पोखराबाट काठमाडौंस्थित दशरथ रंगशालामा ल्याइने छ । र्यालीमा जित बहादुर केसी लगायतका खेलाडी सहभागि हुनेछन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.