मंसिर ३, काठमाडौँ । प्रधानमन्त्री केपी ओली सरकारले मन्त्रिमण्डल पूनर्गठन गर्ने भनेको लामो समय भयो । तै पनि पूनर्गठनको प्रभाव भने सिंहदरवारमा राम्रैसँग परेको छ । हेरफेर गर्ने तयारी पनि भइरहेको छ ।
पार्टीको सचिवालय बैठकले मन्त्रिमण्डल पूनर्गठनको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री ओलीलाई दिएको छ । तर, पनि सत्ताधारी नेकपाका अर्का अध्यक्ष प्रचण्डलाई मिलाउन नसक्दा ओली आफै तनावमा परेका छन् । उता ओलीसँगै आधा दर्जन मन्त्रीहरु तनावमा परेका छन् । उनीहरु सिंहदरवार पस्नै छाडेका हुन् । प्रधानमन्त्री ओलीले आधा दर्जन मन्त्रीहरुलाई एकसाथ विदाई गर्न लागे पनि प्रचण्डलाई सहमतीमा नल्याउँदा निकै सकस परेको छ ।
विदाई हुने चर्चामा रहेका सुचीमा खानेपानी मन्त्री बिना मगर पनि रहेकी छन् । उनलाई ससुरा प्रचण्डले नहटाउने भने पनि ओली बिच कुरो मिलेको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, ज्येष्ठ नागरिक तथा महिला, बालबालिका मन्त्री थममाया थापा पनि ओलीले हटाउने मन्त्रीको सूचीमा परेका छन् ।
उद्योगमन्त्री मातृका प्रसाद यादव, अर्थमन्त्री युवराज खतिवडा पनि हटाउने सुचिमा राखिएको छ । तर, खतिवडालाई तत्काल नहटाउन पनि दवाव बढेको छ । अहिले हटाउने चर्चामा रहेका मन्त्रीहरु मन्त्रालय नै आउन छाडेको मन्त्रालयका कर्मचारीहरुले जनाएका छन् । उता अध्यक्ष प्रचण्डको सचिवाललले मन्त्री हेरफेर प्रधानमन्त्रीकै अधिकार भएको दोहोर्याएको छ ।
केही दिनयता मन्त्रिपरिषद् हेरफेरको हल्ला तीव्र बनेपछि दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच छलफल भएको भन्ने समाचार पटक पटक बाहिरिए पछि सचिवालयले यस्तो खण्डन गरेको हो ।

