‘चपली हाइट–३’ को शुभसाइत

big bite restro

मंसिर ३, काठमाडौं । नेपाली कथानक चलचित्र ‘चपली हाइट–३’ को शुभसाइत गरिएको छ । मंगलबार कार्यविनायक मन्दिरमा पूजा गरेर निर्माणले पक्षले चलचित्रको सुभसाइत गरेको हो ।

सस्पेन्स थ्रिलर जनरामा निर्माण हुने चलचित्रलाई निकेश खड्काले निर्देशन गर्नेछन् । अर्जुनकुमारको चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी र प्रतिक श्रेष्ठको मुख्य भूमिका रहनेछन् । मंसिर ५ गतेदेखि चलचित्रको छायांकन सुरु हुने छ । ‘चपली हाइट’को दुई शृंखला मध्ये पहिलोले व्यावसायिक सफलता पाएको थियो भने दोस्रो औषत चलचित्र बनेको थियो ।

सम्बन्धित समाचार