मंसिर ३, काठमाडौं । नेपाली कांग्रेसले आशन्न उपनिर्वाचनका लागि पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गर्दैछ ।
मंगलबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर कांग्रेसले तीनै तहको उपनिर्वाचनका लागि चुनावी घोषणा पत्र सार्वजनिक गर्न लागेको हो । कांग्रेस प्रवक्ता बिश्वप्रकाश शर्माले पत्रकार सम्मेलनमार्फत चुनावी घोषणा पत्र सार्वजनिक गरिने जानकारी दिए ।‘उपनिर्वाचनसँगै देशको समसामयिक राजनीतिमा केन्द्रित भएर पत्रकार सम्मेलन आयोजना गरिएको हो,ू उनले बाह्रखरीसँग भने,’ चुनावी घोषणा पत्र पनि सार्वजनिक गर्छौं ।’
मंसिर १४ गते देशका विभिन्न स्थानमा रिक्त रहेका तीनै तहका विभिन्न पदका लागि उपनिर्वाचन हुँदैछ । तर, मुख्य दलहरु प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि हुने उपनिर्वाचनमा केन्द्रित देखिएका छन । कास्की(२ मा प्रतिनिधिसभा सदस्य तथा भक्तपुर, बाग्लुङ र दाङमा प्रदेशसभा सदस्य पद रिक्त छन् ।

