जनप्रतिनिधिलाई पारदर्शी बन्न सूचनाको हकले सहयोग गर्ने

ललितपुर । जनप्रतिनिधिलाई पारदर्शी बन्नका लागि सूचनाको हकले सहयोग गर्ने सरकारी अधिकारी, जनप्रतिनिधि, पत्रकारलगायतको धारणा रहेको छ ।

 

नेपाल पत्रकार महासंघ ललितपुरले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनीहरुले सूचनाको अधिकारको सही प्रयोगमा जोड दिएका हुन् ।राष्ट्रिय सूचना आयोगका आयुक्त किरण पोखरेलले सार्वजनिक कार्यालयले गरेका काम सार्वजनिक गर्नुपर्नेमा जोड दिए । उजले भने, “व्यक्तिले माग्दा मात्रै सूचना दिने होइन, कार्यालयले आफैँ गरेका काम सार्वजनिक गर्नुपर्छ ।” प्रमुख जिल्ला अधिकारी महादेव पन्थले नागरिकले प्रक्रिया पु¥याएर सूचना माग्दा नपाएमा उजुरी गर्नुपर्नेमा जोड दिए । उनले भने, “आफूले प्रक्रिया नपु¥याएर सूचना पाइन भन्नु गलत हो ।”

 

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव लक्ष्मी पुनले सूचनाको हक पत्रकारका लागि मात्रै नभएर सबै नागरिकका लागि लागि भएको स्पष्ट गरे । नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष ज्ञानप्रसाद पौडेलले पत्रकार र सरकारी निकायका बीचमा सुमधुर सम्बन्ध हुँदा जिल्लाको विकासमा टेवा पुग्ने औँल्याए। रासस

Satkar Media House
Leave A Reply

Your email address will not be published.