जंग्गीअड्डामा प्रधानसेनापति थापा र भारतीय सेनाका लेफ्टिनेन्ट जनरलबीच भेट

मंसिर २, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल शन्तनु दयालबीच जंग्गीअड्डामा शिष्टाचार भेट भएको छ ।

सोमबार भएको भेटका क्रममा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्ध अझ सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने नेपाली सेनाको विश्वास छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.