गायिका कमला श्रेष्ठको लोक दोहोरी ‘सेतै कपास’ सार्वजनिक (भिडियोमा)

big bite restro

प्रारम्भ खबर ।
मंसिर २, काठमाडौँ । नेपाली समाजको लोक कलालाई झल्काउने लोक दोहोरी  गीत  ‘सेतै कपास’ सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा लोक गायिका  कमला श्रेष्ठ र गायक सुजन तिगेला लिम्बुको स्वरमा रहेको रहेको छ । गीतमा शब्द र संगीत एक नारायण भण्डारीको रहेको छ भने संगीत संयोजन कृष्ण वि.कले गरेका हुन् । नेपाली गीत संगीतमा आफ्नो फरक प्रस्तुतीका साथ छुट्टै पहिचान बनाउन तत्पर रहेकी गायिका कमला श्रेष्ठले आफ्नो पहिलो प्रस्तुतीमार्फत दर्शक स्रोताको मन जित्न सफल भएको बताईन् । स्कटल्याण्डमा रहे पनि नेपाली परिवेशलाई सुहाउदो प्रस्तुती पस्काउन पाउँदा निकै खुसी भएकी कमलाले पछिल्लो समयमा पनि गीत संगीतलाई निरन्तरता दिने बताईन् ।

कमला र सुजनको संयुक्त स्वरमा रहेको गीतमा भिडियो समेत निर्माण भएको छ । सो भिडियोमा गायिका श्रेष्ठ र गायक लिम्बुको स्वयंम् मुख्य अभिनय रहेको छ । भिडियोमा अन्य थुप्रै कलाकारहरुको अभिनय पनि देख्न सकिन्छ । प्रकाश भट्टको निर्देशनमा रहेको उक्त भिडियोको छायांकन राजेश घिमिरेले गरेका हुन भने सम्पादन विष्णु शर्माले गरेका हुन् ।

सम्बन्धित समाचार