काठमाडौं । पत्रकार यादव थपलियाको निधन भएको छ । बुधबार रातिदेखि काठमाडौं मेडिकल कलेज सिनामंगलमा भर्ना भएका थपलियाको शुक्रबार दिउँसो निधन भएको थियो । उनी कान्तिपुर दैनिकमा कार्यरत थिए ।
सामान्य ज्वरो आएर अस्पताल भर्ना भएका थपलियालाई भाइरल इन्फ्एन्जा भएको चिकित्सकले बताएका छन् । उनलाई कुनै पनि औषधीले काम नगरेको उपचारमा संलग्न चिकित्सकले बताएका थिए । काभ्रे निवासी थपलियाका आमा, श्रीमति र दुईजना छोरी छन् । उनको शुक्रबार नै आर्यघाटमा अन्त्यष्टि गरिएको छ । उनी यसअघि नागरिक दैनिकमा कार्यरत थिए ।