बिगबाईटमा प्रयास दोङ र कलिलो ब्याण्डले जमाएको रात !

big bite restro

प्रारम्भ खबर ।
मंसिर १, काठमाडौँ । बौद्धमा रहेको बिगबाईट रेष्ट्रो एण्ड गार्डेनमा गत शुक्रबार रात सेलो गायक तथा संगीतकार प्रयास दोङले आफ्नो प्रस्तुतीमार्फत ग्राहकहरुलाई मन्द्रमुक्त बनाएका थिए ।

हरेक शुक्रबार झै यस पटक बिगबाईटले आफ्नो रेष्टुरेन्टमा आउने ग्राहकहरुलाई नौलो सांगीतिक खुराक पस्काएका थिए । त्यस्तै कलिलो ब्यान्डले पनि ग्राहकहरुको रुचिलाई सहजै स्वीकार गरी आफ्नो प्रस्तुती दिएका थिए । ब्यान्डले थप ग्राहकहरुको छनौटमा प्रस्तुती राखेका थिए ।

शान्त पारिवारिक वातावरण तथा हरेक प्रकारका खाने परिकारका पाईने उक्त होटलमा विभिन्न उमेर समूहका व्यक्तिहरुको आकर्षण बढ्न थालेको छ । सञ्चालक भन्छन् –आफ्नो व्यवसाय मात्र नभई सामाजिक उत्तरदायित्व पनि निभाउँदै आईरहेको छ । आगामी दिनहरुमा विभिन्न समस्यमा परेका व्यक्तिहरुको सहयोगार्थ च्यारेटी समेत गर्ने योजना रहेको छ । ग्राहकहरुको सन्तुष्टीलाई कुनै कञ्जुस्याई नगरी सेवा दिन बिगबाईट परिवार तयार छौँ ।

सम्बन्धित समाचार