नेकपा सचिवालयको बैठक दिउँसो ४ बजे बस्दै

मंसिर १, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे सचिवालय बैठक बस्न लागेको हो ।

शनिबार ग्रान्डी अस्पतालमा तेस्रो पटक डायलासिस गरेका प्रधानमन्त्री ओलीले आज सचिवालय बैठक डाकेका हुन्। बैठक बस्ने निर्णय भने शनिबार नै भइसकेको थियो। आज बस्ने सचिवालय बैठकमा पार्टी एकताका बाँकी विषय टुंगो लगाउनेबारे छलफल हुने बताइएको छ। नेकपाको एकता प्रक्रियाकै सबभन्दा पेचिलो विषय अध्यक्षको कार्यविभाजनलाई लिएर आज ठोस निर्णय हुने सम्भावना रहेको बताइन्छ ।

अध्यक्षद्वय मध्ये एकले सरकार चलाउने र अर्कोले पार्टी चलाउने गरी कार्यविभाजन हुनुपर्ने अध्यक्ष दाहाल लगायतका नेताहरूको माग छ। त्यसबाहेक नेकपामा अझै गठन हुन नसकेको प्रवास कमिटी तथा केन्द्रीय विभाग, जनसंगठन र पूर्णता नपाएका आयोगहरूका विषयमा गहन छलफल हुन सक्ने बताइएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.